दफा ६९
प्रशासकीय अदालतको गठन र काम, कर्तव्य
(१) विभागीय सजायको आदेश दिन पाउने अधिकारीले ……… दिएको विभागीय सजायको आदेशउपर पुनरावेदन सुन्न उच्च अदालतका न्यायाधीश भइरहेको वा भइसकेको वा हुने योग्यता पुगेको व्यक्तिको अध्यक्षतामा तोकिएबमोजिम प्रशासकीय अदालत गठन हुनेछ ।
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत दफा ५९ को खण्ड (क) बमोजिमको सजायको आदेशउपरको पुनरावेदन कुनै अधिकारीसमक्ष दर्ता भई फछ्र्यौट हुन बाँकी रहेकोमा त्यस्तो पुनरावेदन जुन अधिकारीसमक्ष दर्ता भएको छ, सोही अधिकारीबाट अन्तिम किनारा लगाउनुपर्नेछ ।
(२) प्रशासकीय अदालतले गरेको निर्णय अन्तिम हुनेछ ।
(३) कुनै निजामती कर्मचारीको सम्बन्धमा यस दफाबमोजिम पुनरावेदनको अन्तिम किनारा लागेपछि त्यसको परिणामस्वरूप निजको सेवा पुन स्थापित हुने भएमा सो निर्णयको सूचना पाएको मितिले तीन महिनाभित्र निज उपस्थित हुन नआएमा निजको नोकरी थामिदिन कर लाग्ने छैन ।
(४) प्रशासकीय अदालतको अन्य काम, कर्तव्य र सो अदालतले आफ्नो अधिकारक्षेत्र प्रयोग गर्दा वा आफ्नो अन्य काम कारबाही गर्दा अपनाउने कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(५) पुनरावेदकले चाहेमा आफै वा वारिसद्वारा तारिखमा बस्न र कानून व्यवसायीद्वारा बहस पैरवी गराउन सक्नेछ ।